मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

बगलेकका महिलाले पाएनन प्रसुती सेवा

नारद नेपाली भदौ, ६ डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका २ बगलेक स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्रहीहरु घर फर्किन बाध्य छन् । स्थानिय गोल्मा भुल सुत्केरी ब्यथाले च्यापेपछि स्वास्थ्य चौकीमा पुगेपनि कर्मचारी स्वास्थ्यकर्मी नहुँदा घरमै सुत्केरी हुनुपरेको उनकी सासु तिब्री भुलले बताईन ।

त्यस्तै स्वास्थ्य चौकीमा सुत्केरी हुन जादा स्वास्थ्यकर्मीनै नभयपछि फिर्ता हुने क्रममा बोटोमै सुत्केरी एक महिला समस्यामा परेको स्थानीय करन नेपालीले बताए । नेपालीका अनुसार बाटोमै सुत्केरी भएकी महिलाको साल ननिस्केपछि निकै समस्या परेको थियो । सुत्केरीलाई बोकेर सदरमुकाम सिलगढी लग्न स्ट्रेचर पनि छैन् । सडक बाटो पनि भत्केर बन्द छ,उनले सुनाए ।

स्वास्थ्य चौकीमा ५ जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि एक जना अहेब र एकजना अनमी कार्यरत भएको र अनमीलाइ तालीमको लागी बाहिर पठाइएको र आफु काम बिशेषले बिभिन्न ठाउँमा जानु पर्दा सेवाग्रहिलाई घर फर्काउनु परेको स्वास्थ्य चौकी प्रमुख रमेश चौधरीले बताए।

नेपाल सरकारले अनिबार्य रुपमा स्वास्थ्य चौकीमा सुत्केरी हुने ब्यवस्था गरिएको भयता पनि बगलेकबासीले भने स्वास्थ्य संस्थामा पुगेर घर फर्किनु परेको छ । बिगत केहि महिना देखिनै सुत्केरी गराउनका लागि दक्ष स्वास्थ्यकर्मि नहुदा स्थानियबासीले समस्या झेल्दै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE