बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

डोटीमा पिसीआर मेसिन बिग्रिएपछि स्वाब संकलन बन्द

डोटी, ८ भदौ : डोटी अस्पतालमा राखिएको पिसीआर मेसिन एकसाता नबित्दै बिग्रिएको छ। शनिवार साँझ देखी मेसिन बन्द अवस्थामा रहेको हो।

एउटा मेसिनमा रहेको पङ्खामा खराबी देखिएको निमित्त मेसु डा।प्रकाश ठकुल्लाले बताए। शनिवार साँझ देखी मेसिन बिग्रिएपछि अस्पताल बाटै संकलन गरिने स्वाब सङ्कलनमा रोकलगाईएको छ। सङ्कलित ५ सय नमुना धनगढी तारानगर स्थित प्रयोगशालामा पठाइएको निमित्त मेसु ठकुल्लाले बताए।

उनले मेसिन मर्मत भइरहेको बताए। यस अघि धनगढी, डोटी र बैतडीका लागी पिसीआर मेसिन ल्याइएका थिए। सुदूरपश्चिम प्रदेश सरकारले डोटीमा स्थापना गरेको पिसिआर मसिनको २ भदौमा मात्रै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE