सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

कुलोमा डुबेर २ वर्षीय बालकको मृत्यु

धनगढी, ८ भदौ : कैलालीमा कुलोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–१ को मंगलपुरमा कुलोमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको हो।

कुलोमा डुबेर २ वर्षीय बालक प्रशान्त ओखेडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

घर नजिकैको कुलोमा डुबेर गम्भीर बनेका बालकलाई उपचारका लागि धनगढी ल्याईएको थियो। तर, अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो। बालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE