मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

बिग्रिएको पीसीआर मेसिन बनेपछि फेरि सुरु भयो स्वाब सङ्कलन

विमल बिष्ट डोटी, ८ भदौ : गएको शनिबार दिउँसो बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनपछि बनेको छ ।

पीसीआर परीक्षणको काम भइरहेकै बेला शनिबार दिउँसो मेसिनबाट धुवाँ निस्किएपछि काम पूर्णरुपमा ठप्प भएको थियो । प्राविधिक टोलीले पावर सर्किट मर्मत गरेपछि मेसिन फेरि सञ्चालनमा आएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि जिल्ला आएको बायो मेडिकल इन्जिनियर जय साउँदको टोलीले मेसिन मर्मत गरेको हो ।

पीसीआर मेसिन बिग्रिएपछि डोटीमा जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षण को कार्य पनि दुई दिनसम्म रोकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा एक करोड ५० लाख रुपैयाँमा गएको भदौ २ गते मेसिन जडान गरिएको थियो ।

जिल्ला अस्पतालमा पीसीआर मेसिन बिग्रिएपछि कोरोना परीक्षणको लागि डोटीमा सङ्कलन भएका कैयौँ स्वाब कैलालीको धनगढी प्रयोगशाला र डडेल्धुराको उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख मलासीले बताउनुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE