बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

मुगु अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

प्रशासन कार्यालय मुगुले भदौ सोह्र गते सम्मका लागी नगर पालिका क्षेत्र गर्यो शिल
बसन्त बाघचन मुगु, ९ भदौं : मुगु जिल्ला अस्पतालमा मंगलबारदेखि इमर्जेन्सी बाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको छ । आफ्नै कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि यसको सक्रमण अन्य क्षेत्रमा फैलिन नदिन अस्पताल समितिले इमर्जेन्सी सेवाबाहेक सबै सेवा एक साताका निम्ति बन्द गरिएको कार्यालय प्रमुख निर्मल नगरकोटीले बताउनु भयो।
जिल्ला अस्पतालमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी लगायत अन्य स्थानीयलाई गरी ६२ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षण रिपोर्ट पश्चात् स्वास्थ्य कार्यालयमै कार्यरत एक कर्मचारीको रिपोर्ट पोजिटिभ आए पछि तत्कालका लागी इमर्जेन्सी बाहेक अन्य सबै स्वास्थ्य सेवा बन्द गर्नु परेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पारसमणि मल्लले बताउनु भयो।
कोरोना पोजिटिभ कर्मचारीको सोमबारदेखि नै आइसोलेसनमा राखेर उपचार भै रहेको छ। कोरोना सक्रमणलाई नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय मुगुले भदौ सोह्र गते सम्मका लागी नगर पालिका क्षेत्र सिल गर्ने निर्णय गरेको छ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE