शनिबार, अशोज ३, २०७७
Saturday, September 19, 2020

मुगु सदरमुकाम गमगढी एकहप्ता शिल

बसन्त बाघचन मुगु, ९ भदौ : जिल्ला प्रशासन कार्यालयमा आज बसेको कोभिड १९ विपद ब्याबस्थापन समितिको  बसेको वैठकमा यस्तो  निर्णय भयको  हो |

जिल्लामा गत सोमबार छायानाथ रारा नगरपालिका भित्र यक जनामा कोरोना पोजेटिभ देखिय पछीप्रा यसको प्रभाब लाइ आसपासका क्षेत्रमा फैलिन नदिन र यसको रोकथाम तथा न्यूनीकरणकाका लागि  बसेको जिल्ला स्तरीय सरोकार वालाको वैठकले भदौ दस गते देखि सोह्र गते सम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारि कृष्ण कुमार निरौलाले बताउनु भयो |

निरौलाले यो अबधिभर बिधालय, धार्मिक कार्य सभा सम्मेलन जस्ता भिडभाड हुने कार्य पूर्ण रुपमा बन्द हुने पनि स्थानिय समुदायमा जानकारी गराई सकेको बताउनु भयो |

स्वास्थ्यकर्मी,सुरक्षाकर्मीका सवारी साधन र मालबाहक सवारी साधन बाहेक अन्य सबै सवारी साधन नचल्ने र बजार पनि  बिहान७ बजे देखि ८ बजे सम्म र साँझ ५ बजे देखि ६ बजे सम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय मुगु दवारा जारि आदेसमा उल्लेख  छ |

त्यस्तै नगरपालिका भित्रका हरेक घरको एक जनाको  आर. डी. टि. जाच गर्ने र हरेक नागरिकलाई माक्स वितरण गरिने तयारी भैरहेको पनि निरौलाले बताउनु भयो |

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE