शुक्रबार, अशोज ९, २०७७
Friday, September 25, 2020

मुगुमा बनेको नमुना बिद्यालय प्रदेश सांसदले उद्घाटन गरे

बसन्त बाघचन मुगु १५ भदौ : जिल्लाकै नमुना भवनको उद्घाटन कार्य सम्पन्न भयको छ | कर्णाली प्रदेस सरकारको गुणस्तरीय सैक्षिक सुधार कार्यक्रम अन्तरगत प्रदेश सरकारको अनुदानमा नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय भारेकोट मुगुमा निर्मित दुई तले पक्कि भवनको उदघाटन कर्णाली प्रदेस सभा बिधायन तथा प्रदेश मामिला समितिका सभापति माननीय दान सिंह परियारले गर्नु भयको थियो |

परियारले आफु अध्यन गरेको बिधालय भयको नाताले आफ्नो बिधालयलाइ आफ्नै कार्यकालमा नमुना बिधालयका रुपमा स्थापित् गर्ने आफ्नो योजना समेत रहेको बताउनु भयो |यति मात्र नभई बिकासको मुल आधार भनेको शिक्षा नै भयकोले मुगुको शैक्षिक अबस्था लाइ सुधार गर्न तिनै तहका सरकारको उत्तिनै जिम्मेवारी रहने बताउनु भयो |

त्यस्तै नेपालि कांग्रेस मुगुका नेता एबम पूर्व शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्लले सो भबन जिल्लाकै नमुनाकै रुपमा निर्माण कार्य सम्पन्न भयको देख्दा आफु र आफ्नो पार्टीकै तर्फ बाट कर्णाली प्रदेश सरकारलाइ धन्यबाद सहित सम्मान समेत व्यक्त गर्नु भयो |

जिल्लाकै पुरानो बिधालय तही पनि सदरमुकामको विधालय पछिल्लो समयमा आयर जिर्ण अबस्थामा पुगेको बेला प्रदेस सरकारले बिधालयको भौतिक पूर्वाधार बिकास निर्माण कार्यमा गरेको सहयोग अतुलनीय रहेको र अझै बिधालयको गुणस्तरका लागी सहयोगको माग रहेको प्रधानाध्यापक राम प्रसाद सेजुवालले बताउनु भयो |

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE