सोमवार, अशोज ५, २०७७
Monday, September 21, 2020

बेलडाँडीमा १६ बर्षिय दलित बालिकामाथी सामूहिक बलत्कार

धनबहादुर बिक पुनर्वास, २२ भदौ : कंचनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा दलित बालिकामाथि सामुहिक बलत्कार भएको छ । १६ बर्षिय नाम परिवर्तन (बिन्दु सुनार) लाई १७ देखि २५ बर्ष सम्मका स्थानीय सुरज साउँद, मोहन सावंद, मनोज, बिष्ट, दिपक भट्ट र एकजना नाम नखुलेका ले बालिकालाई अपहरण गरि पाँच दिनसम्म पटकपटक जवरजस्ति करणी गरिएको खुल्न आएको छ ।

दुई बर्ष अघि कञ्चनपुरमा घटेको निर्मला पन्तको  बलत्कारपछि हत्या घटनापछिको दोस्रो घटना बेलडाडीमा घटेको छ ।

अपहरण गरि यौन शोषण गरेको आरोपमा पिडित बालिकाका बुवा दिपक सुनार र मामा दिलिप सुनारले आजै ईलाका प्रहरी कार्यालय बेलडाडीमा दोषि युवाहरू बिरूद्ध कानुनि कार्वाहीका लागि लिखित उजुरि दिएका छन ।

प्रहरीले आजै बालिकालाई स्वास्थ्य परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ । प्रहरीले दोषिहरूलाई छिट्टै नियन्त्रणमा लिईने ईलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

यश अघि प्रहरीले बालिका सहित घटनास्थलबाट पक्राउ परेका तथा कानुनि कार्वाहीको दाएरामा ल्याउनुपर्ने दोषि युवाहरूलाई सामान्य छलफल गरि छोडेको थियोे भने बालिकालाई अभिभावकको जिम्मा लगाईएको थियोे ।

बालिका सुनार बेलौरि नगरपालिका ४ नयाँ रिछाह घर भई बेलडाडी गाउपालिका २ चौवन्नि गैरामा बसोबास गर्ने मामा दिलिप सुनारकोमा बस्दै आएकि र भाद्र १४ गते बिहान सुरज साउँद साथिले बोलाएको भनी भेटन गएकि सुनारलाई साउँदले पिडित सुनारलाई स्थानीय बजारमा दिपक कस्मेटिक पसलको पछाडि कोठामा लगि राखेको र यसअघि नै उक्त कोठामा तीन जना युवाहरू रहेका उक्त समुहले बालिकालाई टफि भनी नसा लाग्ने औषधी खुवाई निज बालिकालाई अपहरण गरि अन्यत्र लगि पटकपटक यौन शोषण गरिएको खुल्न आएको छ ।

भाद्र १४ गते घरदेखि बेपत्ता भएकि बालिकाको खोजि गरिपाउ भनी बालिकाका मामाले भाद्र १९ गते प्रहरीलाई लिखित जानकारी गराएपछि खोजविनका क्रममा प्रहरीले बेलडाडी गाउपालिका देखि अन्दाजी तीन किलोमिटर दुरिमा रहेको बेलौरि नगरपालिका १० स्थित सुगरमिल नजिकै १९ गते राति ११ बजे सम्वेदनसिल अवस्थामा फेला पारि प्रहरी कार्यालयमा ल्याएको प्रहरी निरिक्षक सिंहले बताए ।

घटनालाई दबाउन ईलाका प्रहरी कार्यालय बेलडाडी का प्रहरी जवान रोहित रोकायाले दोषि युवाहरूलाई बचाउका लागि भुमिका निर्वाह गरिएको पिडितहरूले आरोप लगाएका छन ।

पिडित बालिकालाई न्यायका लागि कांग्रेस दलित संघ कञ्चनपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यवाहक सभापति किसन नेपाली, नेपाल दलित मुक्ति अभियान सुदूरपश्चिम प्रदेशका सह ईन्चार्ज दान बहादुर सुनार, बेलडाडी दलित हकहित सञ्जालका संयोजक दिनेश सुनार,दलित बुद्धिजीवी गणेश सुनार लगायत स्थानीय दलित अगुवा, पत्रकार को रोहवरमा दोषीलाई कार्वाही हुनुपर्ने माग सहित ईलाका प्रहरी कार्यालय बेलडाडीमा पिडितका तर्फबाट लिखित उजुरि दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE