मङ्लबार, अशोज ६, २०७७
Tuesday, September 22, 2020

समता फाउण्डेशन स्थापनाको ११ वर्ष पूरा

काठमाडौं, २५ भदौ : समता फाउण्डेशन नेपालले स्थापनाको ११ वर्ष पूरा गरेको छ । ११ बर्ष पुगेको अबसरमा फाउण्डेशनले एघारौं वार्षिकोत्सव मनाउने भएको छ । सोही अवसरमा महिला नेतृत्त्व र क्षमताको सम्मानमा समता फाउण्डेशनले “दलनविरूद्ध दलित महिलाको प्रतिरोध” शीर्षकमा अनलाइन छलफल आयोजना गर्ने बिहिबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदिप परियारद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ बहिष्कृत र सीमान्तकृत समुदायको सुरक्षा‚ विकास र सबै क्षेत्रमा समुचित प्रतिनिधित्त्व र सहभागिताकालागि दोश्रो दर्जाको व्यवहार गरिएका भुइँतहका महिला नेतृत्त्वले अनलाइन छलफलमा आफ्ना सङ्घर्ष‚ सफलता र सिकाइका कथा सुनाउने छन् ।

उक्त कार्यक्रममा सहभागी भइ समता फाउण्डेशनको ११औं वार्षिकोत्सवलाई अर्थपूर्ण बनाइदिन अनुरोध गर्दछु। विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती यस्तो छ
समता फाउण्डेशनले स्थापनाको ११औं वर्ष पूरा गरेको जानकारी गराउन पाउँदा हामी हर्षित छौं। सामाजिक न्यायका लागि वकालत र पैरवी गर्न ज्ञान उत्पादन गर्नुपर्ने आवश्यकता बुझेर सन् २००९ सेप्टेम्बर ११ मा संस्थाको स्थापना भएको हो। नेपालमा विद्यमान जातीय विभेद र छुवाछूतको अभ्यासले निम्त्याएको सीमान्तिकरण र बहिष्करण विरूद्ध आवाज उठाउन समता फाउण्डेशनले सरकार‚ राजनीतिक दल‚ समुदाय र सञ्चारमाध्यमसँग निरन्तर हातेमालो गर्दै आएको छ।

कोभिड-१९ महाव्याधिले सारा विश्व प्रभावित छ। नेपालमा बन्दाबन्दी अझै जारी छ। दिनहुँजसो दलित तथा सीमान्कृत समुदाय विरूद्ध भइरहेका हिंसाले सामाजिक न्यायको सङ्घर्ष झनै महत्त्वपूर्ण र चुनौतीपूर्ण बन्दै गएको प्रष्ट छ। नेपालमा समावेशी‚ सहभागीतामूलक र उत्तरदायी समाजको परिकल्पनासहित सामाजिक न्यायको यात्रालाई अघि बढाउन समता फाउण्डेशन प्रतिबद्ध छ।

यो यात्रामा नेपाली सञ्चार माध्यम समता फाउण्डेशनको बलियो र विश्वासिलो साझेदार बनेको छ। यो सहकार्यका लागि हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। साथै यो सहकार्यले अझै निरन्तरता पाउने आशा पनि गरेको छु।

एघारौं वार्षिकोत्सवको अवसरमा महिला नेतृत्त्व र क्षमताको सम्मानमा समता फाउण्डेशनले “दलनविरूद्ध दलित महिलाको प्रतिरोध” शीर्षकमा अनलाइन छलफल आयोजना गर्दैछ। बहिष्कृत र सीमान्तकृत समुदायको सुरक्षा‚ विकास र सबै क्षेत्रमा समुचित प्रतिनिधित्त्व र सहभागिताकालागि दोश्री दर्जाको व्यवहार गरिएका भुइँतहका महिला नेतृत्त्वले यो कार्यक्रममा आफ्ना सङ्घर्ष‚ सफलता र सिकाइका कथा सुनाउने हुनेछ।

कार्यक्रममा सहभागी भइ समता फाउण्डेशनको ११औं वार्षिकोत्सवलाई अर्थपूर्ण बनाइदिन अनुरोध गर्दछु।

कार्यक्रमको विवरण
कार्यक्रम : दलन विरूद्ध दलित महिलको प्रतिरोध
मिति : २०७७ भदौ २६ गते‚ शुक्रबार
समय : साँझ ६ देखि ८ बजेसम्म
जूम रजिष्ट्रेसनका लागि : https://zoom.us/webinar/register/WN_8YBwzTSkSpqILVBNeh422w

धन्यवाद।

………………………..
प्रदिप परियार
कार्यकारी अध्यक्ष

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE