सोमवार, कार्तिक १०, २०७७
Monday, October 26, 2020

कैलारी गाउँपालिकाका घरेलु हिंसा पिडीत महिलालाई आर्थिक सहयोग

धनगढी, १६ असोज : दलित महिला अधिकार मञ्च नेपालले कोरोना भाईरस संक्रमणका कारण सरकारले लामो समयसम्म गरेको लकडाउनका कारण सो अवधिभर घरेलु हिंसामा परेका कैलारी गाउँपालिका महिलाहरुलाई आर्थिक सहयोग गरेको छ ।

ड्यान चर्च एडको आर्थिक सहयोगमा मञ्चले हिंसा पिडीत महिलाहरुलाई जिविकोपार्जन, कानूनी सहायता र उपचारको लागि भनेर प्रति व्यक्ति नगद रु १० हजार ५ सयका दरले आर्थिक सहयोग गरेको महिला सशक्तीकरण परियोजना संयोजक सृजना पराजुलीले जानकारी दिईन् ।

पराजुलीका अनुसार बिहिबार कैलारी गाउँपालिकाका १ जनालाई कानूनी सहायता, ५ जनालाई जिविकोपार्जन र १ जनालाई उपचारको लागि सो रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी गौरीगंगा नगरपालिकामा १ जनालाई कानूनी सहायता ५ जनालाई जिविकोपार्जनको लागि रकम सहयोग गरेको बताइएको छ । दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेले कैलारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई रकम हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रशासकिय अधिकृत खजेन्द्र जोशीको पनि उपस्थिति थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE