शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

बोलन्या थलीको पहलमा दिलबहादुर दमाई बचाउ अभियान

मिलन परियार,धनगढी १० चैत्र : डडेल्धुराका एक दलित युवक प्रादेशिक अस्पतालको बेड नं। १९ मा मृत्युलाई जिति रहेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका(२ कोरगाउँका २७ बर्षिय दिलबहादुर दमाई उपचार अभावमा छटपटाई रहेका हुन् । थप उपचारका लागि उनलाई मंगलबारदेखी अस्पतालमा बेड भर्ना गरिएको बोलन्या थलीका अध्यक्ष यादव जोशीले बताए ।

१ जनवरी २०२० मा छिमेकी देश भारतको मुम्बईमा चौकीदारी गर्न गएका बखत सडक दुर्घटनामा परि दुईवटै खुट्टा गुमाएका उनको आर्थिक अभावका कारण थप उपचार हुन सकेको छैन् ।

विगत साात महिनादेखी आफ्नै घरको गोठमा मृत्यसंग पौठेजोरी खेल्दै आएका उनलाई मृत्युबाट जोगाउन बोलन्या थली हातमा कचौरा लिएर मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेको थियो । घाईतेसहित हातमा कचौरा लिएर विगत तीन दिनदेखी कि सास दे कि सल्फास दे भन्दै बोलन्या थली डडेल्धुराको युनिटले मुख्यमन्त्री त्रिलोचन भट्टलाई गुहार्दा पनि सुनुवाई नभएको बताइएको छ ।

रोजगारीका लागि भारतको मुम्बई पुगेको तीन दिनमै सडक दुर्घटनामा परेका उनी मुम्बईको साइन अस्पतालमा ६ महिनाको उपचारपछि गत जेठ महिनामा घर फर्केका थिए । आफन्तको सहयोग र ऋण गाढेर १५ लाख रुपैयाँ उपचारमा खर्च भएको उनका दाजु गगन दमाईले बताए । आफन्तको सहयोग र ऋण जोहो गर्दै भाईको खुट्टाको उपचार गरिएको थियो थप उपचारका लागि खर्च जुटाउन नसक्दा घर फर्कनु परेको उनले बताए ।

टिचिङ अस्पताल काठमाडौंमा समेत उनको उपचार गरिएको बताइएको छ । साउन र भदौ २ महिना उपचार गरिएको र कोरोनोका कारण थप उपचारमा कठिनाई भएपछि घर फर्कनु परेको थियो । घर फर्केदेखी गोठमा थलिएका उनी अहिले भने प्रादेशिक अस्पतालको बेडमा जीवन र मरणको अवस्था छन् । टिचिङ अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकले बताए अनुसार थप उपचारका लागि ६ लाख लाग्ने छ ।

एक छोरा,एक छोरी,श्रीमती,आमा,बुबा र दुई जना दाजु सहित उनको १५ जनाको परिवार रहेको छ । बोलन्या थली डडेल्धुरा टिमसहित गत मंगलबार धनगढी पुगेको उनको परिवारले दिल बहादुरको थप उपचारका लागी आर्थिक सहयोगको अपिल गरेको छ । ‘तपाँहरुको सानो सहयोगले दिल बहादुर जिउन सहज हुनेछ ।’

आर्थिक सहयोगका लागि मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ छ भने आर्थिक सहयोग गर्न चाहनेहरूका लागि दिल बहादुर दमाईको वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE