शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

विधुत सर्ट भएर आगलागी हुँदा चार जना घाईते

नारद नेपाली,डोटी १० चैत्र : जिल्लाको पूर्विचौकी गाउँपालिका-५ काँडामाण्डौंमा मंगलबार दिउँसो साढे ३ बजे एक्कासी विधुतमा आएको खराबीका कारण विधुत सर्ट भई करेन्ट लागेर चार जना स्थानिय महिला घाईते भएका छन् ।

एक घर र एक गोठमा पनि आगलागी भएको पूर्विचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए । विधुत कर्मचारीको लापरबाहीका कारण विधुत सर्ट हुँदा करेन्ट लागेर चार जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा रत्ना वि.क., पार्वति बोगटी, सरस्वति बोगटी र एक जनाको नाम खुलेको छैन् । घाईते भएका मध्ये तीन जनाको अवस्था गम्भिर र एकको अवस्था सामान्य रहेको स्थानियले बताएका छन् ।

अध्यक्ष बोगटीका अनुसार विधुतको तार लच्किएको र सो तार मर्मत गर्न गाउँ पुगेका विधुत कर्मचारीले ट्रान्सफर्मरबाट डाईरेक्ट लाईन छोडेका कारण उक्त दुर्घटना भएको हो । घाईते भएका मध्ये दुई जनालाई शैलेश्वरी अस्पताल दिपायल र एक जनालाई जिल्ला अस्पताल डोटी उपचारको लागि पठाईएको अध्यक्ष बोगटीले जानकारी बताए ।

एक जना भने सामान्य घाईते भएकाले स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार गरेर घर पठाईएको उनले बताए । उक्त घटनाबाट स्थानिय चक्र बोगटीको घरमा आगलागी हुदा लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ भने धर्म बोगटीको घर जलेर नष्ट भएको छ ।

उक्त घटना पश्चात बिजुली अवरुद्ध हुाँदा कााँडामाण्डौँ पुरै गाउँको अध्यारो भएको छ । थप विवरण आउन बाकी रहेको स्थानियहरु बताउाँछन् ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE