शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

गोदावरी नपामा १० महिने बालिकाको हत्या

अत्तरिया साउन ९ । कैलालीको गोदावरी नगरपालिकामा ९ धनचौरीमा १० महिने बालिकाको हत्या भएको छ । हत्याको आशंकामा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । धनचौरीका कलावती जोशी र हर्कराज जोशीलाई १० महिने छोरी डम्वराको हत्या गरेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

मृतक डम्वराकी हजुरआमा सुनकलाले आफ्नी नातिनीको हत्या गरेको भन्दै खबर गरेपछि ईलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ ।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसन ठकुरीले छोरीको हत्या भएको खबर आएपछि अनुसन्धानका लागि आमाबुवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए ।

आमा ताराले यसअघि पनि आफ्ना दुई सन्तानको हत्या गरेको सुनकलाले आरोप लगाएकी छन् । ताराका श्रीमान हर्क सुस्तमनस्थितिका रहेको स्थानीय बासिन्दाले बताएका छन् ।मृतक बालिकाको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE