बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

सुशासनयुक्त सामुदायिक वन बनाउन पहल

निराजन परियार । कैलालीको गौरीगंगा नगरपालिकामा रहेका ५ वटा सामुदायिक बनहरुमा सुचनाको हकको प्रयोग र बन मार्गनिर्देशिका र यसको प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज एफएमडिसीले गौरीगंगामा रहेका हरियाली,पञ्चवती,शिबपार्वती,चपरतल्ली र बाघफाँटा सामुदायिक वनमा यो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला बन कार्यालयका प्रमुख नवराज काफ्ले सामुदायिक बनलाई राम्रो र हाम्रो बन बनाउन पदाधिकारी र उपभोक्ताहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले सहभागिहरुलाई बन मार्ग निर्देशीका २०६५ सहितको परिमार्जनका बारेमा सबैलाई जानकारी हुनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै एफएमडिसीका कार्यकारी निर्देशक तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले सामुदायिक वनमा सुचनाको हक सम्बन्धी प्रयोग र यसले उपभोक्तामा पर्ने फाईदाका बारेमा जानकारी दिएका दिनुभएको थियो । उहाँले सुचनाको हक नेपालको संबिधानमा नै मौलिक अधिकारको रुपमा आईसकेको उल्लेख गर्दै यसको बारेमा बढी भन्दा बढी व्यवहारमा कार्यान्वय गरेर प्रयोग गर्न आग्रह समेत गर्नुभयो ।

त्यस्तै सेक्टर बन कार्यालय पहलमानपुरका प्रमुख भिम प्रसाद कडेलले सामुदायिक वन बिकास मार्गदर्शनका बारेमा सहभागि उपभोक्ताहरुलाई जानकारी दिनुभएको थियो । उक्त सामुदायिक वनका पदाधिकारीहरुले शुशासनयुक्त बनाउनका लागि वनमा सुचनाको हकको व्यवहारिक प्रयोग र सामुदायिक वन बिकास मार्गदर्शनलाई कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भने एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशीले बनमा सुचनाको हकको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले सुचनाको हक र सामुदायिक वन मार्गदर्शन सम्बन्धमा धेरै कुरा जान्न पाएको बताएका थिए । भने कार्यक्रमको सञ्चालन एफएमडिसीका अभियान अधिकारी निराजन परियार गर्नुभएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE