मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

सातसय कमैया परिवारलाई जग्गा

रीता लामा घोराही, ११ साउन । सरकारले २०५७ सालमा देशलाई मुक्त कमैया घोषणा गरयो । र उनीहरुलाई बासस्थानको लागि जग्गा र घर बनाउने काठ पदान गर्दै आइरहेको छ । २०५७ साल देखि हालसम्म पनि सरकारले उनीहरुको व्यवस्थापनको लागि विभिन्न पहलकदमी समेत चाल्दै आइरहेको छ ।

जिल्ला भुमि सुधार कार्यालय दागका कमैया बृत्ति विकास तथा बसोवास शाखाका पमुख हरिपसाद चौधरीका अनुसार जिल्लामा लगत लिएर परिचय पत्र वितरण गरिएका १४ सय २६ वटा मुक्त कमैयाको परिवार रहेको छ । जसमा हालसम्म ७ सय ५ वटा मुक्त कमैयाको परिवारले परिचय पत्र पाइसकेको उनले जानकारी दिएका छन । उनका अनुसार हालसम्म जग्गा पाएका मुक्त कमैयाहरुलाई ठाउँ हेरेर ६ धुर देखि ५ कठठासम्म जग्गा पदान गरिएको छ । जग्गा मात्र होइन । जग्गा पाए पछि घर बनाउनको लागि काठ र काठ वापतको रकम पनि मुक्त कमैयालाई वितरण गरिरहेको छ ।

बन कार्यालय दागको सहयोगमा १ सय ७७ जनाले काठ पाएका छन भने दुइ सय २१ जनाले काठ पाउने पक्रियामा छन । त्यसैगरी जिल्ला बन कार्यालयले काठ दिन नसक्ने भए पछि हाल सरकारले मुक्त कमैयालाई काठ वापतको पतिव्यक्ति मुक्त कमैया एक लाख रुपैया रकम पाइरहेका छन । यस बर्ष मात्र जिल्ला भुमि सुधार कार्यालयले दुइ सय ४ जनाले काठ वापतको एक लाख रुपैया पाप्त गरेका छन । केही मुक्त कमैया भने सम्पर्कमा नआउदा समस्या भएको मुक्त कमैया शाखाका पमुख चौधरीले बताए । उनीहरुको खोजिमा हिडदा पनि आफुहरुको धरै समय गएको उनले बताए । अहिले भेटिका र सम्पर्कमा आइरहेका मुक्त कमैयाले पति परिवार एक लाख रुपैया पाइरहेको उनले जानकारी गराए ।

सरकारले मुक्त कमैयाको आर्थिक अवस्था हेरि चार पकारका कार्डहरु वितरण गरिरहेको छ । जसमा रातो कार्ड, निलो कार्ड, पहेलो कार्ड र सेतो कार्ड वितरण गरेको छ । भुमिसुधार ऐनमा घर र जग्गा दुवै नभएका, अर्काको घर गोठमा आश्रय लिएर बसेकाहरुलाई रातो कार्ड दिइरहेको छ । दागमा रातो कार्ड पाउनेहरु दुइ सय १५ जना छन । त्यस्तै आफनै जग्गा नभएका ऐलानीपति जग्गामा बस्दै आएकाहरुलाई सरकारले निलो कार्ड दिइरहेका छ । दागमा निलो कार्ड पाउनेहरु ४ सय ३ जना छन । दुइ कठठासम्म आफना जग्गा भएकाहरुलाई सरकारले पहेलो कार्ड दिइरहेको छ । जिल्लामा पहेलो कार्ड पाउनेहरु ३ सय २४ जना छन । यस्तै दुइ कठठा भन्दा माथि जग्गा भएका मुक्त कमैयाहरु ३ सय ९७ वटा परिवार छन जसले सेतो कार्ड पाएका छन ।
यस बर्ष मात्र भुमि सुधार कार्यालयले ४६ परिवारलाई जग्गा उपलब्ध गराएको छ भने १७ जनाको लागि जग्गा भेटिएको छैन ।
‘सरकारले खोजिदिएको केही जग्गाहरु मुक्त कमैयाले मन पराएका छैनन ।’ उनले भने ‘उनीहरुले भने जस्तो जग्गा नभेटिए पनि मुक्त कमैयालाई जग्गा दिनै समस्या भएको छ ।’ यस बर्ष सरकारले दिएको जग्गा मन नपराएका १७ जना मुक्त कमैयाको काठवातको रकम समेत फिर्ता भएको उनले बताए ।

भुमि सुधार ऐनमा पमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्य समितीका पसासकिय अधिकृत, नापी शाखाका पमुख र भुमिसुधार कार्यालयका पमुख सहितको जग्गा खोजविन समिती गठन भए पनि त्यो समितीले दुत रुपमा काम गर्न नसकेको गुनासो आइरहेको छ । मुक्त कमैया शाखाका पमुख चौधरीका अनुसार यस बर्ष भुमिसुधार कार्यालयमा ८० जना मुक्त कमैयाले सरकारले जग्गा दिएको जग्गा मन नपरेको हुदा सटटा भर्ना गरि पाउ भनि निवेदन दिएका थिए । सरकारले उनीहरुलाई पति व्यक्ति दुइ लाखका दरले रकम पनि पठाएको थियो तर समयमा जग्गा नखोजे पछि उनीहरुको लागि आएको पैसा फकिएर गएको छ ।

जिल्ला भुमि सुधार कार्यालयका अनुसार दागका भालुवाग देखि पुरन्धारासम्म मुक्त कमैयाहरु छन । अहिले सरकारले जिल्लाको लालमटिया, कर्रि सामुदायिक वन, गंगापरस्पुरको सालभुण्डी सामुदायिक वन, गडवाको मानपुरमा मुक्त कमैयालाई जग्गा पदान गरि व्यवस्थापन गरिरहेको छ । सरकारले व्यवस्थापन गरेको स्थानमा पनि मुक्त कमैया भन्दा अरु नै परिवार गएर जवरजस्ती बसे पछि नया मुक्त कमैयालाई व्यवस्थापन गर्न समस्या भैरहेको कार्यालयले जनाएको छ । सरकारले मुक्त कमैयाको लागि जग्गा मात्र नभई विभिन्न किसिमको सिप मुलक तालिम समेत दिइरहेको छ ।

यस बर्ष मात्र ४५ जनालाई मोवाइल रिपेरिग, सिलाईकटाई र डाभिग तालिम दिएको थियो । हालसम्म २५ सय मुक्त कमलहरीको लागि विभिन्न किसिमको तालिम दिएको कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE