बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

कार्गो एयरलाइन्सका लागि लाइसेन्स खुल्दै

काठमाडौं, साउन १४ । कार्गो एयरलाइन्स संचालन अनुमतिको लागि आवेदन खुल्ने भएको छ। अन्तर्राष्ट्रिय उडान अनुमतिलाई नियमन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको कार्यविधिमा एउटा कोर्गो एयरलाइन्सलाई अनुमति दिने व्यवस्था गरिएको छ।

मन्त्रिपरिषद्मा पेस भएको उक्त कार्यविधि पास पाएपछि मन्त्रालयले एयरलाइन्स संचालन गर्न चाहने कम्पनीबाट आवेदन माग गरेर संचालन अनुमति दिनसक्ने छ।

हालसम्म नेपालमा कार्गो एयरलाइन्स छैन। यसअघि पनि कार्गो एयरलाइन्सलाई अनुमति दिन सकिनेगरी व्यवस्था गरिएपनि कोही पनि इच्छुक भएका छैनन्। मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने नयाँ एयरलाइन्ससँगै कार्गो पनि खोल्न लागेको हो।

कार्यविधि पास भएपछि मन्त्रालयले कार्गो र यात्रुबाहक एयरलाइन्स खोल्न चाहने कम्पनीबाट प्रस्ताव आव्हान गर्छ। त्यसरी आएका प्रस्तावको अध्ययन गर्न मन्त्रालयले समिति बनाउछ। त्यस्तो समितिले उत्कृष्ट ठहर गरेको कम्पनीले अनुमति पाउछन्।

२-२ वर्षमा नविकरण नविकरण हुनुपर्ने यस्तो कार्यविधि गएको चार वर्षपछि हुन लागेको हो। सेतोपाटीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE