बिहिबार, फाल्गुन १३, २०७७
Thursday, February 25, 2021

ट्रेलरमा यस्तो देखियो ‘मिस्टर भर्जिन’

काठमाडौं,साउन १४ । मिस्टर भर्जिनको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्म तीन यूवाको यौन मनोविज्ञानको कथामा आधारित छ।

३ मिनेट १० सेकेन्ड लामो ट्रेलरमा तीन कुमार केटाको यौनिक मनस्थितिलाई देकाइएको छ। ट्रेलरमा धेरै दिअर्थी संवादहरूलाई ज्यादा महत्व दिइएको छ।

फिल्मका निर्देशक विशारद बस्नेत हुन्। फिल्मका बारेमा बोल्दै उनले फिल्मले युवा दर्शकहरूलाई विशेष रूचाउने आफ्नो आशा व्यक्त गरे। उनले फिल्म हेरेर आफू गाली तथा ताली दुबै खान तयार रहेको पनि उद्घोष गरे।

फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा्पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीले सामुहिकरूपमा लेखेका हुन् भने संवाद महेश दवाडीको हो ।

त्यस्तै फिल्ममा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर।जेको सङ्गीत रहेको छ ।

मिस्टर भर्जिनु भदौ १ गते रिलिज हुनेछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE