मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

पाकिस्तानमा सरकार गठनका लागि समर्थन जुटाउँदै इमरान खान

इस्लामाबाद । पाकिस्तानमा सम्पन्न आम निर्वाचनमा ठूलो राजनीतिक दल बन्न सफल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सरकार गठनका लागि गर्न आवश्यक बहुमत प्राप्त गर्न असफल भएको छ । पीटीआईलाई सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउन साना दल अथवा स्वतन्त्र सांसदहरुको समर्थन आवश्यक देखिएको छ ।

यसअघि पीटीआईका नेताहरुले पाकिस्तानमा सरकार गठनका लागि आफ्नो पार्टीलाई अन्य कुनै पनि दलको समर्थन आवश्यक नपर्ने दाबी गरिरहेका थिए । तर पाकिस्तानको चुनाव आयोगले शनिवार जारी गरेको चुनावी परिणामले सरकार गठनका लागि इमरान खान नेतृत्वको पार्टीलाई २२ सिट आवश्यक रहेको देखाएको छ ।

पाकिस्तानी अखबार ‘डान’ ले दुई प्रमुख दल पाकिस्तान पीपुल्स पार्टी ९पीपीपी० र पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पीटीआई सामु संसदमा कठिन चुनौती पेश गर्ने बारेमा साझा राणनीति तय गर्न केही दिनभित्रै बैठक गर्न गइरहेका समाचार प्रकाशित गरेको छ ।

निर्वाचन आयोगद्वारा घोषित परिणाम अनुसार पीटीआईले ११५ सिट जितेको छ । यसलाई सरकार गठनका लागि २२ सिट आवश्यक परेको छ । त्यस्तै पीएमएल–एनले ६४ र पीपीपी ४३ सिट जितेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE