सोमवार, मंसिर ८, २०७७
Monday, November 23, 2020

जेल बन्यो ‘उद्योग’, कैदी बने कामदार

कैदीहरू आफ्नो कैद जीवनलाई मेहनतसँग साटिरहेका छन् । जेलमा भेट्न पुगेका आफन्तलाई धेरै समय दिने फुर्सद पनि छैन, उनीहरूलाई । धेरैको अनुमान कारागार नराम्रो गर्नेहरूलाई धुन्ने र सजाय दिने थलो हो । तर, यसको विपरित झुम्का सुधार्ने थलोका रुपमा विकास हुँदैछ ।

भरतराज शर्मा धरान साउन १३ । जेल भन्ने वित्तिकै हामीलाई कस्तो अनुभूति हुन्छ रु सामान्य रुपमा भन्ने हो भने जेलमा गैरकानुनी काम गरेर कानुनी कारबाही भोगिरहेकाहरुको जमघट हुन्छ । अनि कतिपयले आपराधिक गतिविधिमा संलग्न भएकाहरुको जीवन बिताउने थलोका रुपमा पनि जेललाई लिने गर्छन् ।

जेलमा खराब मानिसहरु पर्छन् र जेलबाट फर्किएपछि पनि यस्तै काममा संलग्न हुने तथा सामाजिक समस्या सिर्जना गर्ने भय धेरैमा हुन्छ । तर जेल कतिपय मानिसका लागि सुध्रिने ठाउँ पनि बन्छ । जेलमा बसेर कैदीहरुले आफ्नो अपराधका निम्ति प्रायश्चित गर्छन् । पूरानो आफ्नो बानीलाई सुधार गर्छन् र तोकिएको सजाय भुक्तानी गरेर पुनः समाजमा फर्किन्छन् । कतिपय सजाय भोगेर फर्किएका कैदीहरु त फेरि यस्तै आपराधिक काममा सामेल हुने र जेल पुग्ने गरेको उदाहरण पनि हामीमाझ प्रशस्त छन् ।

तर, मानिस जानेर नै अपराधमा संलग्न हुन्छ भन्ने हुँदैन । साथी संगत देखि तत्कालीन परिस्थितिले पनि धेरैलाई अपराधमा संलग्न हुन बाध्य बनाइरहेको हुन्छ ।

अनि यसरी एकपटक गरिने गल्तीले ठूलो क्षति पुग्छ । कमाएर परिवारको हेरचाह गर्नुपर्ने मान्छे नै जेल परेभने, त्यो परिवारमा विपत्ति नै आउँछ ।

यद्यपि, मानिस जानेर वा नजानेर यस्ता कार्यमा संलग्न हुन्छन् र जेलसम्म पनि पुग्छन् । यसरी जेल पुगेपछि धेरैलाई आफ्नो परिवारप्रतिको जिम्मेवारी र भूमिकाको महसुस पनि हुन्छ । उनीहरु कमाउन जेलको पर्खाल बाहिर जान भने सक्दैनन् । तर मानिसको बानी ब्यवहार सुधारका निम्ति मात्रै नभएर जेल जीवन बिताउनेहरुको सोच सकारात्मक भयो भने त्यही ठाउँ सुधार गृह, रोजगार स्थल र जिविकोपार्जन गर्ने थलो पनि बन्दोरहेछ भन्ने राम्रो उदाहरण बनेको छ, सुनसरीको झुम्का कारागार ।

यो कारागार घुम्न वा आफन्त कसैलाई पनि भेट्न जानु भयो भने तपाईलाई यो जेलजस्तो नभएर कुनै उद्योगमा आएजस्तो लाग्छ । त्यहाँ रहेका कोही बास काटेर त्यसका सुइरा खुर्किरहेका हुन्छन् भने कोही त्यसलाई बस्ने मुडाको आकार दिन व्यस्त भेटिन्छन् । कोही भने फर्निचर बनाउँदै गरेका भेटिन्छन् । यो दृश्य निकै रोचक लाग्छ ।

विभिन्न मुद्दामा सजाय भोग्न क्षेत्रीय कारागार झुम्कामा पु¥याइएका कैदीबन्दीहरू घर फर्किदा जेलबाट नभएर उद्योगरव्यवसायमा लागेर सीपसहित घर फर्किन पाउँछन् । त्यसैले त अहिले झुम्का जेल उद्योगजस्तै बनेको छ । कैदीबन्दी मध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर जेलभित्रै राम्रो आय आर्जन गरिरहेका हुन्छन् ।

कैदीहरू आफ्नो कैद जीवनलाई मेहनतसँग साटिरहेका छन् । जेलमा भेट्न पुगेका आफन्तलाई धेरै समय दिने फुर्सद पनि छैन, उनीहरूलाई । धेरैको अनुमान कारागार नराम्रो गर्नेहरूलाई धुन्ने र सजाय दिने थलो हो । तर, यसको विपरित झुम्का सुधार्ने थलोका रुपमा विकास हुँदैछ । कारागारमा आएका कैदीबन्दीले केही न केही गरिरहेका छन्, सिप सिकिरहेका छन्, अनि आम्दानी पनि गरेका छन् । कैदीबन्दीहरु जेलभित्रै बसेर पनि मासिक पाँच हजार देखि १२ हजारसम्म कमाई गर्छन् । मेहनती र श्रम गर्नेहरु घाम–पानी नभनी श्रम गरिरहेका हुन्छन् ।

विभिन्न मुद्दामा सजाय काट्न क्षेत्रीय कारागार झुम्का जेलमा पुगेका कैदीबन्दीको आन्दानीको मुख्य स्रोत हो, मुडा । यो जेलमा सजाय काटिरहेका एक कैदी हुमलाल बिक मुडा बुनेर आर्यआर्जन गरिरहेका छन् । कारागार भित्र पनि रोजगारको अवसर पाइएकोमा खुसी हुँदै उनी भन्छन्, ‘मुडा बुनेर आम्दानीको स्रोत बढेको छ, मुडा बुन्न पनि सजिलो छ र यहाँबाट आएको पैसाले पकेट खर्च राम्रैसँग चलेको छ ।’

हुमलाल त एउटा उदाहरण मात्रै हुन् । झण्डै १५ सय भन्दा बढी कैदीबन्दीमध्ये केहीले बाँसका मुडा, हस्तकलाका सामग्री बनाउँदै आएका छन् । केहीले कारागारमै बसेर परिवारको समेत पालन पोषणका लागि आवश्यक रकमको जोहो समेत गर्ने गरेका छन् ।

कारागारको १ नम्बर ब्लकका कैदीबन्दी चौकीदार प्रेम लावती भन्छन्, ‘अहिले विभिन्न मुद्दामा सजाय कटाउन आएकाहरु व्यवसायिक भएर फर्कने गरेका छन् । जेल सुध्रने ठाउँ मात्र होइन, आयआर्जन गर्ने ठाउँका रूपमा पनि विकास भइरहेको छ ।’

कैदीबन्दीलाई कारागारभित्र सीप सिक्नेदेखि आर्यअर्जन गराउने काम भइरहेको कारागारको २ नम्बर ब्लकका कैदीबन्दी चौकीदार खड्ग राई बताउँछन् । मुढा बन्ने पेशामा भने धेरै कैदीहरू लागिपरेको उनी सुनाउँछन् । राई भन्छन्, ‘यहाँ रोजगार गरेर पैसा कमाउँछु भन्दा, कमाउन सक्ने ठाउँ छ ।’

बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म मुडा बुन्नु उनीहरूको दैनिकी हो । झुम्का कारागारलाई देशकै उत्कृष्ट कारागारका रूपमा लिइएकाले सुधारगृह पनि भन्ने गरिएको छ । यहाँका कैदीबन्दीलाई सीप विकास गर्न सके राज्यले सोझै गर्नुपर्ने आर्थिक भारमा समेतमा केही सहुलियत हुने कारागार प्रमुख जेलर गणेश अधिकारी बताउँछन ।

कारागारमा कैदीलाई जनही दैनिक ६० रुपैयाँ र ७ सय ग्राम चामल उपलब्ध हुन्छ । कैदीहरूले त्यही ६० रुपैयाँले दाल, तरकारी मसलादेखि दैनिक खर्च पु¥याउनुपर्छ । सरकारले उपलब्ध गराउने रकम खर्चको तुलनामा ज्यादै कम भएपछि घरपरिवारबाट रकम तथा अन्य सामान झिकाएर दैनिक गुजारा चलाइहेको अवस्थामा कारागारभित्रै विकास भएको सीपमूलक व्यवसायले धेरैलाई राहत पुगेको छ ।

वि.सं. २०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागार झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनाबाट बदनाम मात्रै भएन, १२ जना कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चामा पनि आयो । अहिले त्यसको परिचय फेरिएको छ । कारागारलाई सुधार गृहको रुपमा विकास गर्ने सरकारी नीति यो कारागारमा व्यवहारिक बन्दैछ । देशका अरु जेलमा पनि यसलाई व्यवहारिक कार्यान्वयन गर्ने हो भने विभिन्न खाले सीपमूलक तथा सामाजिक शिक्षाको कक्षा समय–समयमा कैदीलाई दिन सके कैदीबन्दीको क्षमता विकास हुने र मनोवृत्तिमा पनि परिवर्तन हुने सम्भावना देखिन्छ । यसले सजाय भुक्तानपछि उनीहरूको सामाजिक जीवन समेत सहज र व्यवसायिक बनाउन सहयोग पुग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE