मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी

साउन १४, काठमाडौं । यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी भएका छन् ।

शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो ।

उनीहरूले बेलायतमा अवैध रूपमा सम्पत्ती जम्मा गरेको भन्ने पानामा पेपर्समार्फत सूचना बाहिरिएपछि अनुसन्धान शुरु गरिएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृह मन्त्री शौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा भने, “पूर्व प्रधानमन्त्री शरीफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।”

“पूर्व प्रधानमन्त्री शरीफलाई इश्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ मा लगिएको छ । उहाँ कति दिन अस्पताल बस्नुहुनेछ यो सबै चिकित्सकको सल्लाहमा निर्भर हुनेछ,” जावेदले भने ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE