बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

पाटन विमानस्थलको स्तरोन्नती सुस्त

आशिष मल्ल डडेल्धुरा १५ साउन । लक्ष्यअनुसार काम नहुँदा बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने काम अझै पूरा भएको छैन । गत असारमा सक्ने लक्ष्यसहित निर्माण शुरु गरिए पनि काम अझै सकिएको छैन ।

विमानस्थल कालोपत्रे गर्न अझै कात्तिकसम्म कुनुपर्ने निर्माण कम्पनीले जनाएको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिंग, फिटिंग र सबबेसको काम सकिएको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताएका छन् ।

‘असारमा सक्ने लक्ष्य भएपनि बेलाबेला वर्षाका कारण कालोपत्रे काम नसकिएको हो,’ उनले भने, ‘ठेक्का भइसकेपछि विविध कारणले काम समयमै शुरु नहुँदा पनि समस्या भयो ।’

अहिले विमानस्थलको ७५ प्रतिशत काम गरिसकिएको उनको दावी छ । तर, विमानस्थल स्तरोन्नती गर्ने काम ५० प्रतिशत मात्रै सकिएको नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए ।

‘सार्वजनिक खरिद नियमावली २०६४ अनुसार निर्माण कम्पनीलाई ६ महिनाको म्याद थप्ने प्रक्रिया भइरहेको छ,’ उनले भने, ‘थपिएको म्यादभित्र विमानस्थल कालोपत्रे गरिसक्नुपर्नेछ ।’

११ करोड २९ लाखको लागतमा निर्माण भइरहेको पाटन विमानस्थलमा ९५० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ । ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन पनि कालोपत्रे गरिनेछ ।

आर्थिक वर्ष २०७२र७३ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी पुनः सुरु गर्ने भन्दै बजेट विनियोजन गरेको थियो । सोही अनुसार दुई वर्ष अगाडि विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० तयार पारिएको थियो ।

सोही डिपीआर अनुसार विमानस्थललाई स्तरोन्नति गर्न ठेक्का आहृवान गरेर काम शुरु गरिएको हो ।

पाटन विमानस्थल प्रदेश नम्बर ७ को कैलालीको गेटा विमानस्थलपछिको सबैभन्दा ठूलो हो । यसको धावनमार्ग ९ सय ५० मिटर लामो छ ।

स्थानीयबासी निराश

गएको असारमा सक्ने भनिएको कालोपत्रे गर्ने कार्य समयमा नसकिने भएपछि स्थानीयबासिन्दा निराश भएका छन् । स्थानीय कपिल केसीले भने, ‘विमानस्थलको स्तरोन्नती छिटो सकिएर आर्थिक अवस्था सुधार हुने र पर्यटन प्रवर्द्धन हुने आशा भएपनि निराशा छाउँदै गएको छ ।’

पाटन विमानस्थल कालोपत्रे भएर सुचारु भएमा यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने धेरैको विश्वास छ । विमानस्थल सुरु भएमा भारतीय पर्यटक समेत आउने र व्यवसाय समेत फस्टाउने स्थानीय दिनेश विष्टको भनाइ छ ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माण भइ २०३५ सालदेखि कच्चीमै हवाई सेवा सुरु भएको थियो । २०५२ सालमा भने विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थल अलपत्र परेको थियो । अनलाइनखबरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE