बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

निर्मला हत्या प्रकरणः सरकारी छानबिन टोलीले मुख्यमन्त्री भेट्यो

धनगढी ८ भदौ। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको छानबिन गर्न गठित सरकारी टोली धनगढी पुगेको छ ।

सरकारले सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी लगायत रहने गरी गठन गरेको छानविन टोली बुद्ध एयरको उडानबाट शुक्रबार बिहान धनगढी आइपुगेको हो ।

धनगढी उत्रिएलगत्तै टोलीले काम थालेको छ । टोली धनगढी विमानस्थलबाट सोझै प्रदेश नं.७ का मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा पुगेर घटनाबारे छलफल गरेको मुख्यमन्त्रीको स्वकिय सचिवालयले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE