बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

कञ्चनपुर शान्त बतावरणमा फर्किदै

कञ्चनपुर, ८ भदौ । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनावाट आन्दोलित कञ्चनपुर आज शान्त वतावरणतर्फ फर्किन लागेको छ । पछिल्ला चारदेखिको आन्दोलन दिन प्रतिदिन हिन्सात्मक हुँदै गएपछि स्थानीय प्रशासनले विहिवार साँझ ५ वजेदेखि आज (शुक्रवार) विहान ५ वजेसम्म करफ्यु लगाएको थियो । करफ्यिुको समय सकिएपछि पनि हिजो अस्ती भन्दा प्रदर्शन शान्त हुँदा कञ्चनपुरको जनजीवन समान्यतर्फ फर्किदै गरेको हो ।

सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी अधिकारीहरुलाई फिर्ता बोलाएर छानविन गर्न टोली खटाएपछि निष्पक्ष न्यायीक छानविनलाई सघाउन पनि वतावरण शान्त बनेको हुनसक्ने हाम्रा सहकर्मी जीवन भट्टले जानकारी दिए । उनकाअनुसार मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि सरकारले पठाएको टोलीवाट निष्पक्षरुपमा छानविन हुने विश्वास गदै संयमता अपनाएर सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

आज शैक्षिक सस्थाहरु बन्द रहेपनि यातायात र वजार फाट्टफुट्ट खुलेका छन् । यता, घटनाको छानविन गर्न गठित सरकारी टोली कार्यक्षेत्रमा पुगेर काम थालेको ७ नम्बर प्रदेश सरकारले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE