बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

सन्दीप लामिछानेलाई अर्को अन्तर्राष्ट्रिय सफलता, एपिएल खेल्ने पक्का

सन्दीप छनौट भएको एपिएलमा कप्तान पारस खड्का र सोमपाल कामी अटाएनन्

काठमाडौं २६ भदौ । नेपाली युवा लेग स्पेनर सन्दीप लामिछानेले अर्को अन्तर्राष्ट्रिय छलाङ मार्न सफल भएका छन्।

सन्दीप अफगानिस्तान प्रिमियर लिग एपिएलमा छनौट भएका हुन्। आइतबार भएको छनौटमा सन्दीपलाई अफगानिस्तानको नङराहार टोलीले छनौट गरेपछि अब उनले एपिएल खेल्ने पक्का भएको हो।

सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन्।

तर एपिएलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने छनोट हुन सकेनन्।

प्रतियोगिताको नियम अनुसार कम्तीमा एउटा एशोसियट खेलाडीलाई प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान थियो। त्यसमा पारस र सोमपाललाई उछिन्दै सन्दीप अर्को अन्तर्राष्ट्रिय सफलता हासिलगर्न सफल भएका हुन्।

प्रतियोगिता आगामी असोज १९ देखि कात्तिक ४ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा हुनेछ।

सन्दीपले यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल) र क्यान्डाको ग्लोबल टी–२० र वेस्ट इण्डिजको राष्ट्रिय लिग खेलिसकेका छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE