शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

पसल हिडेकी बालिका मृत भेटिइन  

दीपक परियार लेखनाथ ९ आश्विन । सोमबार साँझ घर नजिकैको पसलमा गएकी १० वर्षीया बालिका मृत फेला परेकी छन् ।पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा १० वर्षीया श्रेया सुनार मृत भेटिएकी हुन् ।

सोमबार साझ साढे छ बजेतिर घरबाट हराएकी बिस्कुट किन्न जाने भनेर निस्के पछि उनी बेपत्ता भएकी थिइन्। आफन्तले राति सम्म खोजी गर्दा भेटाउन सकेको थिएन।

मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देख पछि प्रहरीलाई खबर गरेका थिए। घरबाट ५० मिटर टाढा झाडीमा शव भेटिएको हो। उनकाे निधारमा ढु‌ंगाले हानेर हत्या भएकाे अनुमान गरिएकाे छ। शवकाे छेउमा रगत लागेकाे ढु‌ंगा भेटिएकाे छ।

बाबुले दाेस्राे बिहे गरे पछि उनी अामासँगै मामाघरमा बस्दै अाएकी थिइन्। बिरामी रहेकी अामा बेले बिक गत बुधबारमात्रै उपचार गराएरघर गएकी थिइन्।बिककाे घरपुम्दीभुम्दीमै घटनास्थल भन्दा अाधा घण्टा टाढा पर्छ।

मामा घरबाट पसलतिर जाने बाटाेमा पर्ने खाेल्सा छेउकाे झाडीमा शव भेटिएकाे हाे।स्थानीयले बलात्कार गरेर हत्या गरेकाे हुनसक्नेअनुमानगरेका छन्।

उनी लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन्। घटना बारे अनुसन्धान भइरहेको कास्की प्रहरी पवक्त डीएसपी रबीन्द्रमान गुरुङले बताए।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE