बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

नेपालका ५१ प्रतिशत महिलाले गर्छन् १८ वर्ष भन्दा कम उमेरमै सेक्स

काठमाडौं १२ कार्तिक। आधा भन्दा बढी नेपाली महिलाले १८ वर्षअघि नै सहवास गर्ने गरेको पाइएको छ । नेपाल जनसाँख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार ५१ प्रतिशत महिलाहरुले १८ वर्षअघि नै पहिलोपल्ट यौन सम्पर्क गर्ने गरेका छन्। शिक्षा नपाएकाहरुले १६.९ वर्षमा र एसएलसी वा त्यो भन्दा बढी पढेकाहरुले २१.४ वर्षमा पहिलोपल्ट यौन सम्पर्क राख्ने उल्लेख छ ।

यसमा पनि ११ प्रतिशत महिलाहरुले १५ वर्षको उमेर अघि नै यौन सम्पर्क राखिसक्ने बताइएको छ।औसतमा महिलाहरुले विवाह हुने गरेकै उमेर अर्थात् १७.९ वर्षमा यौन सम्पर्क राख्ने गरेको देखिएको छ भने पुरुषले विवाह हुनु केही वर्षअघि अर्थात् २०.५ वर्षमा यौन सम्पर्क राख्ने गरेको उल्लेख छ । औसतमा पुरुषले २१.७ वर्षमा विवाह गर्ने गरेका छन्। नेपालका ५२ प्रतिशत महिलाले १८ वर्षको उमेरमा विवाह गरिसक्ने सर्वेक्षणले दर्शाएको छ । तर, १८ वर्षमै विवाह गरिसक्ने पुरुष भने १९ प्रतिशत मात्रै छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE