बिहिबार, माघ ८, २०७७
Thursday, January 21, 2021

राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि कतार प्रस्थान

काठमाडौं १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि आज कतार प्रस्थान गरेकी हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए।

उनी १५ गते नेपाल फर्कने छिन्। भ्रमणका क्रममा स्वास्थ्य, कृषि, सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सरकारको तयारी छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE