शनिबार, माघ १०, २०७७
Saturday, January 23, 2021

यसरी गर्दैछन् सुनिता र प्रकाशले ‘तिहारको रमाइलो’

काठमाडौं १२ कार्तिक । तिहारमा रमाइलो गर्ने तरिका आ–आफ्नै हुन्छ । कोही जुवातासमा व्यस्त होलान् त कोही गाउने नाच्ने, खाने पिउनेमा रमाइलो गर्लान् । गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतले भने अलि फरक तरिकाले तिहारको रमाइलो गर्ने भएका छन् ।

तिहारको पूर्वसन्ध्यामा गायिका सुनिता दुलाल र गायक प्रकाश सपुत तिहार गीत लिएर आफ्ना स्रोता र दर्शकमाझ आएका हुन् ।

‘उज्यालो तिहार‘’ बोलको गीतको शब्द तथा संगीत प्रकाश सपुत स्वयम्को हो । स्वरमा भने दुलाल र सपुतलाई, डिबी गुरुङ, अर्जुन सुनम र टिका पुनले साथ दिएका छन् ।

गीतको भिडियोमा गायक गायिका आँफै फिर्चड छन् भने साथमा लक्ष्मी गिरी, शुरवीर पण्डित, सुवर्ण दुलाल थापा, राजेश कार्कीलगायतका कलाकार छन् । कोरियोग्राफी पुष्कर विवेक थापाले गरेको भिडियो मधुर बस्नेतले खिचेका हुन् । प्रवीन भट्टले सम्पादन गरेको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका हुन् ।

भिडियो हेर्न तलको लिंक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE