शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

पीपीएल लाइभ : चितवन राइनोज र एक्स्पर्ट धनगढीबीच खेल जारी

पोखरा १४ कार्तिक पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा अहिले चितवन राइनोज र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा भइरहेको छ ।

धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले अहिले ब्याटिङ गरिरहेको छ ।

पोखरा रंगशालामा बिहान ९ बजेदेखि सुरु खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई आजको खेल जित्नै पर्ने दबाव छ ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडीले गरिरहेको छ । अनलाइनखबरबाट

हेर्नुहोस् भिडियो लाइभ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE