शुक्रबार, माघ २, २०७७
Friday, January 15, 2021

प्रधानमन्त्रीको हेल्थ अपडेटः आज विहानको रिपोर्ट सन्तोषजनक

काठमाडौं १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

बुधबार बिहान गरिएका परीक्षणहरुमा रिपोर्ट सन्तोषजनक रहेको र स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

छातिमा संक्रमण र श्वासप्रश्वासमा समस्या भएपछि ओलीलाई त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई कात्तिक १२ गते बिहान साढे चार बजेतिर अस्पताल लगिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा। अरुण सायमी, निजी चिकित्सक डा। दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ सन्त कुमार दासलगायतको टोली खटिएको छ । अनलाइनखबरबाट

हेर्नुहोस् अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE