बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

प्रहरीले सिसि क्यामरा जडान गर्यो

रोजेन्द्र जोशी डोटी १४ कार्तिक । जिल्ला प्रहरी कार्यालय डोटीले सुरक्षा अबस्थालाई चुस्त पार्ने भन्दै आफ्नो कार्यालय परिषरका साथै सड्क क्षेत्रमा सिसि क्यामरा जडान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा रहेको मेसनरी सामाग्री खरिद सिर्षकमा रहेको बजेट बाट ८ ओटा सिसि क्यामरा जडान गरि संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको छ ।

हिरासत कक्ष, मुद्धा फाट, कार्यालय परिषरका साथै प्रहरी कार्यालय नजिक रहेको मुख्य सडक खण्डहरुलाई निगरानी गर्ने गरि सिसि क्यामरा जडान गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक विद्यानन्द माझिले बताए ।

सिसि क्यामरा संचालनका लागी ५ जना प्रहरी कर्मचारीहरुलाई तालिम समेत दिईएको प्रहरी कार्यालयले जनाएको छ ।

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE