बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

निर्मला पन्तका बुवाआमाले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

धनगढी १४ कार्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म र्‍याली निकालेका थिए ।

प्रदर्शनीमा निर्मला पन्तका बुबाआमा पनि सहभागी भएका छन् । संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले दोषीलाई कानुनी कठघरामा उभ्याउन प्रदेश सरकार लागि परेको बताउनु भयो । उहाले भन्नुभयो दोषी पत्ता लाग्न केही ढिलाई भएको छ तर प्रहरीले अनुसन्धान गरी रहेकाले ढिलै भएपनि दोषी उम्कन दिईने छैन् ।

संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि केही बेर धर्नासमेत दिएको थियो । ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE