बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

तिहारमा नेपालभर लोडसेडिङ हुँदैनः घिसिङ

काठमाडौँ १५ कार्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा नेपालभर लोडसेडिङ नहुने बताएका छन् । बुधबार प्राधिकरणमा आयोजित कार्यक्रममा निर्देशक घिसिङले गत वर्षको भन्दा यस वर्ष पावर सप्लाई बढेकाले तिहारमा देशैभर लोडसेडिङ नहुने बताएका हुन् । यस पटक पिक आवरमा समेत १२ सय ७० मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरिएको छ । प्राधिकरणले अनुमानित माग धेरै भए पनि धान्न सक्ने अवस्था रहेकाले लोडसेसिङ नहुने निर्देशक घिसिङले बताए ।

उनले भने ‘गत बर्षभन्दा धेरै सहज भएको छ । कतै प्राविधिक समस्या आयो भने मात्र हो नत्र विद्युत आपूर्तिमा समस्या छैन ।’ यस वर्ष कुलेखानीमा गत वर्षभन्दा धेरै पानी जम्मा भएकाले पनि लोडसेडिङमा समस्या नआउने उनको भनाइ थियो ।

यस्तै निर्देशक घिसिङले यस वर्ष जलबिद्युत सेयरको वर्ष भएको बताए । यस वर्ष सर्वसाधरणकै लागतमा ७ सय ५६ मेटावाट बिद्युत आयोजना निमार्ण गरिदै छ । जसमा १ खर्व लगानी भएको छ । यसबाट जलबिुद्यतमा स्थानियरुपमा जलस्रोतमै लगानी उठाउन सकिन्छ भन्ने देखिएको उहाको भनाइ छ । यस वर्ष १८ सय मेटावाट निमार्ण प्रक्रियामा अगाडी बढेको प्राधिकरणले जनाएको छ । अर्को वर्ष थप ८ सय थपिदै छ । जसले गर्दा ३ वर्षमा सरकारले लिएको लक्ष्य बराबर बिद्युत उत्पादन गर्न सकिने प्रधिकरणले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE