मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

दलित युवकसँग प्रेम नगर्न दवाव परेपछि युवतीद्वारा विष सेवन

गुल्मी, १५ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिका – १० को भगवती माध्यामिक विद्यालयका तीन छात्राले विष सेवन गरेका छन् ।

कक्षा १० मा अध्ययन गर्ने सोही वडाका १६ वर्षीया समीक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

मुसाको विष बोतलमा घोलेर सुरुमा समीक्षाले खाएको र पछि अरु दुई जना साथीहरूलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए ।

बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा पिसाब फेर्न भनेर बाहिर निस्किएका उनीहरूले साढे नौ बजे विष सेवन गरेको विद्यालयले जनाएको छ ।

घटनाले आफूलाई पनि दुखित बनाएको बताउँदै प्रध्यानाध्यापक खेमराज आचार्यले एक जनाको नियतले अरु पनि फसेको बताए । तीन जनालाई नै जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ ।

सुरुमा विष सेवन गर्ने समीक्षाले आफ्नो स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र घरकाले पटक–पटक तनाव दिएपछि विष सेवन गरेको बताइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE