बुधबार, फाल्गुन १९, २०७७
Wednesday, March 3, 2021

प्रधानमन्त्रीको स्वास्थ्य सुधार, डिस्चार्ज गरिंदै

काठमाडौं, १५ कार्तिक । स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखय सुधार आएको छ ।

छातीको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभ गरेपछि उनलाई डिस्चार्जबारे चिकित्सकबीच छलफल भएको छ ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्य लाभ गर्न भएको छ भन्ने हामीले विश्वास लिएका छौं । डिस्चार्ज कहिले गर्ने भन्ने विषयमा छलफल गरेका छौं तर टुङ्गो लागिहालेको छैन ।’

उनले भने, ‘रगतको रिपोर्ट नर्मल आएको छ । छिट्टै स्वास्थ्य लाभ गरेर छिट्टै फर्कनु हुनेछ ।’ प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

उनको उपचारमा मुटुरोग विशेषज्ञ डा.अरुण सायमी, निजी चिकित्सक डा.दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासको टोली खटिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE