शुक्रबार, माघ २, २०७७
Friday, January 15, 2021

इटहरीमा छ बर्षीया बालिका बलात्कृत

ईटहरी १८ कार्तिक। सुनसरीको इटहरीमा फेरि अर्की बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । इटहरी ५ स्थित काव्यबाटिकाका १८ बर्षीय भवानी आचार्यले स्थानीय ६ बर्षीया बालिकालाई बलात्कार गरेको जानकारी बाहिर आएको छ ।

११ कक्षामा अध्ययनरत रहेका आचार्यले बालिकालाई जर्बजस्ती करणी गरी बलात्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डिएसपी शिबकुमार श्रेष्ठका अनुसार घटना केही समय पहिलेको भए पनि शनिबार मात्र उजुरी परेपछि पीडक पक्राउ परेका छन् ।

‘हामीले आज उजुरी परेपछि पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौँ’, डिएसपी श्रेष्ठले भने गत कार्तिक ७ गते मात्रै पनि इटहरीमा १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २६ बर्षीय नवीन बिक पक्राउ परेका थिए । दिनानुदिन बलात्कारको घटना सार्वजनिक भइरहेको समयमा पनि यतिबेला देशैभरी बलात्कारको घटना बढिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE