जुम्लामा हिउँ परेपछि चिसो बढ्यो

महेश नेपाली जुम्ला, १८ कार्तिक । जुम्ला बिहानैदेखि अँध्यारो छ। जुम्लीहरुले निकै चिसो महसुस गरिरहेका छन्। वरिपरिका डाँडापाखामा हल्का हिउ परेको छ। यतिबेला जुम्लाको तापक्रम निकै घटेर शून्य डिग्रीसम्म पुगेको छ।
चिसो निकै बढेकाले बजार सुनसान छ। मानिसहरुको आवतजावत निकै पातलो भएको छ । गाउँघरमा पनि मानिसहरु काममा निस्कन सकेका छैनन्।
अघिल्ला वर्षहरुमा चिसो अलि ढिलो सुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै चिसो बढेको छ। यसकारण पनि यो वर्ष पुस मागमा चिसो बढ्न सक्ने अनुमान यहाँका बुढापाकाहरूको छ।
चिसो निकै बढेकाले यति बेला मौसमी रूघाखोकी लाग्न सक्ने भएकाले न्यानो गरी बस्न चिकित्सकले सुझाएका छन्।
बालबालिकाहरु र वृद्धहरूलाई यस्तो अवस्थामा उच्च सतर्कता अपनाउनुपर्ने पनि उनीहरूको सुझाव छ।
WRITE COMMENTS FOR THIS ARTICLE