बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

जग्गा भाडामा लिएर व्यावसायिक पशुपालन

म्याग्दी १८ कार्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझपानीका लोकबहादुर भण्डारीले सदरमुकाम बेनीनजिकै पर्वतको जलजला गाउँपालिका २ बगरफाँटमा जग्गा भाडामा लिएर व्यावसायिक गाईभैंसीपालन गर्दैै आएका छन् । गाउँमा बसेर पुर्खाले गर्दै आएको खेतीलाई निरन्तरता दिँदा घरखर्च चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि उनले व्यावसायिक गाईपालन गर्दै आएका हुन् ।

गाउँमा गर्ने मेहनतले दैनिक खर्च चलाउन गाह्रो भएपछि भण्डारीले सहरनजिकको ३ रोपनी जग्गा भाडामा लिएर २ वटा गाई र एउटा भैंसी पाल्दै आएका छन् । दैनिक १५ लिटर दूध उत्पादन हुन्छ । “गाउँमा जति मेहनत गर्दा पनि बचतको कुरा छाडौँ, दैनिक घरखर्च चलाउन पनि गाह्रो भयो,” उनले भने, “बजारको नजिक गरेको व्यवसायले मासिक ३० हजार रुपैयाँ बचत हुन थालेको छ ।”

भण्डारीको व्यवसायलाई श्रीमती कमलाले सहयोग गर्दै आएकी छन् । उत्पादित दूध नजिकको सदरमुकाम बेनी बजारमा लगेर बेच्दै आएका छन् । दूध बिक्रीमा समस्या नभए पनि जग्गा र पोषिलो घाँसको अभावमा धेरै गाईभैंसी पाल्न नसकेको उनले बताए । व्यावसायिक पशुपालन गर्ने किसानलाई सरकारले सहुलियत दिए सहयोग पुग्ने उनले बताए । कारोबारबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE