शनिबार, माघ १०, २०७७
Saturday, January 23, 2021

ट्र्याक्टर दुर्घटना, २ को मृत्यु, १५ जना घाइते

कञ्चनपुर १८ कार्तिक । कञ्चनपुरको वेदकोट नगरपालिका-८ कान्लापुल नजिकै मलामी बोकेर फर्केको ट्र्याक्टर र कुखुरा बोकेको गाडी ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । जसमध्ये ६ जनालाई उपचारका लागि धनगढी तथा भारतका विभिन्न अस्पतालमा पठाइएको छ ।

महाकालीबाट फर्केको से १ त ५४२२ नं.को ट्र्याक्टरलाई कुखुरा बोकेका म १ च ३११ नम्बरको जीपले ठक्कर दिँदा वेदकोट-५ का ३२ वर्षिय प्रेमसिंह धामी र ३५ वर्षिय राजेन्द्र जाग्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि भारत लगिएको र अन्यको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको बताइएको छ । ट्र्याक्टर र कुखुरा बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको डिएसपी ओझाले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE