मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

‘बोक्सी’ आरोपमा कुटिएकी राधा लक्ष्मीपूजाको दिन फेरि कुटिइन्

२२ कार्तिक, कैलाली । गत वर्ष फागुनमा ‘बोक्सी’ को आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीकी राधा चौधरीमाथि फेरि कुटपिट भएको छ ।

गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘बोक्सी’ भन्दै कुटिएकी राधा फेरि लक्ष्मीपूजाको दिन कुटिएकी छिन् । २१ वर्षिय राधामाथि बुधबार साँझ कुटपिट गरेको आरोपमा स्थानीय २८ वर्षिय कालीचरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार आफ्नै घरमा बसिरहेका बेला ‘बोक्सी’ भन्दै राधामाथि घरमै कुटपिट भएको जनाइएको छ । राधाले दिएको किटानी जाहेरीपछि कालीचरणलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

गत वर्ष फागुन २४ गते स्थानीय ‘भोलेबाबा’ भनेर चिनिने रामबहादुर चौधरीले ‘बोक्सी’ भगाउने भन्दै राधामाथि निर्घात् कुटपिट गरेका थिए ।

कुटपिट अभियोगमा रामबहादुरसहित उनका सहयोगी २ जना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE