मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

३ लाख नगदसहित १० जुवाडे पक्राउ

२२ कार्तिक, उदयपुर । ३ लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो । चौदन्डीगढी नगरपालिका-५ स्थित काठ चिर्ने समिलमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बेलका नगरपालिका-१ बस्ने विष्णु श्रेष्ठ, सोही ठाउँका सुजन अधिकारी, चौदन्डीगढी नगरपालिका-९ बस्ने होमबहादुर राउत, सोही ठाउँ बस्ने महेश राउत, चौदन्डीगढी-८ का सन्तोष मगर, सप्तरीको सप्तकोसी नगरपालिका-१ बस्ने विनोद चौधरी, सोही ठाउँका दीपक कार्की, आलोक राई, सन्तोष चौधरी र शंकर बस्नेत रहेका छन् ।

यीमध्ये विष्णु श्रेष्ठ वन कर्मचारी भएको जनाइएको छ । पक्राउ परेकाहरुमाथि जुवा कसुरअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE