बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

मुख्यमन्त्री भटट्द्धारा शुभकामना सन्देश

धनगढी,२३ कार्तिक ।  सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टले हिन्दुहरुको महान चाड शुभ दिपावलीको अबसरमा आज भाईटिकाको दिन शुभकामना सन्देश जारी गर्नु भएको छ ।

आज बिहान ६ बजे जारी गरिएको सन्देशमा नेपालीहरुको महान चाड दिपावली सामाजिक सद्भाव र सम्बन्ध,कर्तब्य,परायणता,ब्यक्ति तथा समाजको समृद्धिसंग जोडिएको यस पर्वले हाम्रो प्रदेशमा सुख,शान्ति,सामाजिक न्याय र सुशासनसहितको समग्र विकासलाई अगाडी बढाउनमा प्रेरणा प्रदान गर्न सकोस भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ ।

यस महत्वपूर्ण अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण प्रदेशबासी दाजुभाई तथा दिदीबहिनीमा सुख,शान्ति,समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै यस दिपावली पर्वले हाम्रा भावना र बिचारहरुलाई अझ प्रकाशमय बनाई प्रदेशको विकासका लागि प्रेरित गर्न सकोस भन्ने शुभकामना ब्यक्त गर्दै दिपावली पर्वले हामी सबैमा खुशी साटासाट गर्दै सामाजिक,सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पु¥याउन सकोस भन्ने सुभेच्छा समेत प्रकट गर्दछु । भनिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE