मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

बोलेरो र ट्याक्सी ठोक्किँदा ३ को मृत्यु, २ जना घाइते

२४ कार्तिक,काठमाडौं । बाराको निजगढ नगरपालिका-९ स्थित भमरा पुल नजिकै शुक्रबार राति बोलेरो र ट्याक्सी जुध्दा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

२ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाई छ ।

नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग २ च २३२५ नं.को बोलेरो र रौतहटको गुजारा नगरपालिका सिमरी गाउँबाट निजगढतर्फ फर्किदै गरेको बा २ ज २११७ नं.को ट्याक्सी निजगढको भमरा पुल नजिकै राति १ बजे एकआपसमा ठोक्कीएर दुर्घटना भएको थियो ।

दुर्घटनामा निजगढ नगपालिका-७ का २५ वर्षिय आकाश माझी र सोही ठाउँका २५ वर्षिय विशाल माझीको घटनास्थलमै मृत्यु भएको र ट्याक्सी चालक भक्तपुर घर भएका समुद्र श्रेष्ठको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचारको लागि लैजादै गर्दा बाटौमै मृत्यु भएो थियो ।

दुर्घटनामा निजगढ-७ का नरेश माझी र अर्जुन माझी गम्भीर घाइते भएका छन् । दुवैको भरतपुरस्थित पुरानो मेडिकलमा थप उपचार भइरहेको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE