हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गयो

२४ कार्तिक, चितवन । राप्ती नगरपालिका-२ पिप्ले गड्यौलीमा शनिबार बिहान जंगली हात्तीको आक्रमणले एक जनाको ज्यान गएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार खेतमा गएका २३ वर्षका सागर राईलाई हात्तीले आक्रमण गरेका थिए । बिहान ७ः५० मिनेट जाँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै ज्यान गएको हो । पिप्ले चितवन राष्ट्रिय निकुञ्जको आडमा छ । निकुञ्ज ओहरदोहर गर्ने जंगली हात्ती गाउँ पसेर ज्यान लिएको प्रहरीको भनाई छ ।
WRITE COMMENTS FOR THIS ARTICLE