मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

शनिबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै

२५ कार्तिक, सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका २ स्थित लौनियामा शनिबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुँदै छ ।

लौनिया कुस्तीका लागि नेपालमै चिनिएको गाउँ हो । उक्त गाउँबाट कुस्तीका अन्तर्राष्ट्रिय खेलमासमेत नेपालको प्रतिनिधित्व भएको छ ।

३ दिनसम्म चल्ने प्रतियोगिताको सदस्य रानी मण्डलले उद्घाटन गरेकी हुन् । नेपालको बारा, पर्सा र सिरहाका खेलाडीका अतिरिक्त भारतको जम्मु, कानपुर, मध्यप्रदेश, दिल्ली, राजस्थान, मेरठ र हरियाणाका गरी ४२ जना पहलमानहरूबीच प्रतिस्पर्धा हुने कुस्ती खेल मूल व्यवस्थापन समितीका अध्यक्ष रामेश्वर मण्डलले जानकारी दिए ।

पछिल्लो समय लोप हुन लागेको कुस्ती खेललाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मण्डलले जानकारी दिए । कुस्ती प्रतियोगिता हेर्नका लागि व्यापक संख्यामा दर्शकहरू आएका छन् ।

ऐतिहासिक खेलका रूपमा रहेको कुस्तीलाई संरक्षणका लागि राज्यको स्तरबाट विशेष पहल हुनुपर्ने कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रानी मण्डलले बताइन् । उनले भनिन्,‘कुस्ती खेल लोप हुँदै गएको छ, यसको संरक्षणका लागि राज्यको स्तरबाट विशेष पहल हुनुपर्छ भने स्थानीय स्तरबाट पनि संरक्षणका लागि ध्यान दिइनुपर्छ ।’

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतकै वडा नं.१ स्थित तिलाठीको पाठशाला मैदानमा हरेक वर्ष सरस्वती पूजाका अवसरमा लाग्ने मेलामा पनि वर्षौंदेखि कुस्ती प्रतियोगिता निरन्तर हुँदै आएको छ ।

खेलकुदका माध्यमबाट समाजमा एकताको भावना जागृत गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाले खेल क्षेत्रको विकासमा आवश्यक बजेट विनियोजन गर्नुका साथै कार्यक्रमहरूसमेत सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE