मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

भीरबाट खसेर किशोरीको ज्यान गयो

२५ कार्तिक, अछाम । भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय १६ वर्षिय चेतना चलाउनेको मृत्यु भएको छ ।
घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ ।

भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान गएको थियो । उनीसँगै उनकी आमा र भाउजु पनि घाँस काट्न गएका थिए ।

मृतक चलाउने विद्या मन्दिर मा.वि.विनायकमा कक्षा ९ मा अध्ययनरत रहेको उनका बुबा मीनबहादुर चलाउनेले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE