मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

भ्यानको ठक्करबाट एक जना महिलाको मृत्यु

२५ कार्तिक, झापा । आज कनकाई नगरपालिका-१ दुर्गापुरमा सडक दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका-४ की ५७ वर्षिय दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं. को पिकअप भ्यानले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान प्रहरीले गरीरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE