शनिबार, माघ १०, २०७७
Saturday, January 23, 2021

बुवाआमासहित अनिश्चितकालिन धर्ना, पुनः आन्दोलन शुरु

२५ कार्तिक, कञ्चनपुर । बलात्कारपछि हत्या गरीएकी १३ वर्षिय निर्मला पन्तको हत्यारा सार्वजनिकको माग गर्दै कञ्चनपुरमा पुनः आन्दोलन शुरु भएको छ ।

निर्मलाको परिवारले आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेटमा धर्नामा दिएका छन् ।  हत्या भएको ३ महिना बितिसक्दा पनि हत्यारा सार्वजनिक नगरिएको भन्दै निर्मलाको परिवारले प्रशासनमा धर्ना दिएका हुन् ।

निर्मलाका बाबु यज्ञराज पन्तले हत्यारा सार्वजनिक नहुन्जेलसम्म अनिश्चितकालिन धर्ना दिने बताएका छन् । उनले भने, ‘म पानी मात्रै खाएर दिनरात प्रशासनको मुल गेटमा धर्ना दिन्छु ।’ निर्मलाका बुवासँगै आमाद्वय दुर्गादेवि र लक्ष्मीले पनि धर्नामा बसेका छन् ।

निर्मलाका दिदिबहिनीसमेत विद्यालयको पोसाकमै धर्नामा बसेका छन् । आमा दुर्गादेविले सरकारले नै हत्यारा लुकाएको आरोप लगाउँदै बाध्य भएर धर्नामा बसेको बताएकी छिन् ।

उनले सरकारले हत्यारा सार्वजनिक नगरुन्जेलसम्म धर्नामा बस्ने चेतावनी दिएकी छिन् । धर्नामा नागरिक संघर्ष समितिको साथ रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE