मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

१३ वर्षिय बालिका मृत फेला

उदयपुर २६ कार्तिक । जिल्लाको रौतामाई गाउँपालिका-३ लाफागाउँमा २ दिनदेखि हराएकी १३ वर्षिय बालिका मृतवस्थामा फेला परेकी छिन् ।

शनिबार बाख्रा चराउन गएकी उनी आइतबार दिउँसो स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् ।

उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताए । मृतकका बुबाले केही व्यक्तिले बलात्कारपछि छोरीको हत्या गरेको जिकिर गरेका छन् ।

गोठालो गएकी उनी राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा दिउँसो २ बजे स्थानीय खरबारी डाँडाको रुखको फेदमा मृत भेटिएपछि प्रहरीमा खबर गरिएको थियो ।

त्यस्तै चौदण्डी नगरपालिका-६ स्थित बेल्टार बजारमा आइतबार दिउँसो विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय सुबार राईको घर र गोठ जलेर नष्ट भएको छ ।

त्रियुगा नगरपालिकाको दमकलले २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट २२ लाख बराबरको सामान जलेर नष्ट भएको बेल्टार इलाका प्रहरी कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE