मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड,२ लाख भन्दाबढीको क्षति

दार्चला २६ कार्तिक । मार्मा गाउँपालिका-३ लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ ।

विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए ।

विद्यालयको कम्प्युटर कक्षमा रहेका ७ वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सीलगायत सामग्री तोडफोड हुनाका साथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालयसमेतको ताला तोडिएको छ ।

उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै २ लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

तोडफोड गरिएका कम्प्युटरलगयत उपकरण काम नलाग्ने अवस्थामा छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE